तीन पटक बिबाह गरेका बेलायती पूर्वप्रधानमन्त्री ५९ वर्षको उमेरमा सातौँ पटक बाबु बने
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन फेरि पिता बनेका छन् । उनकी श्रीमती क्यारी जोनसनले गत हप्ता छोरा जन्माएकी हुन् ।
क्यारीले इन्स्टाग्राममार्फत दम्पतीको तेस्रो र पूर्वप्रधानमन्त्रीको आठौं सन्तान जुलाई ५ मा जन्मिएको जानकारी दिएकी छन् । आफ्नो इन्स्टाग्राम पेजमा बच्चा काखमा लिएको तस्बिर राख्दै उनले लेखेकी छिन्, 'संसारमा स्वागत छ ।
इन्स्टाग्राम पोस्टमा क्यारीले प्रयोगकर्ताहरूलाई सोधेकी छन्, 'तपाईं अनुमान गर्न सक्नुहुन्छ कि मेरो श्रीमानले बच्चाको लागि कुन नाम रोज्नुभएको छ ?' उनले थप वर्णन गर्दै भनिन्, 'यो नाम जोनसनको पुरातन ग्रीक मिथकहरूको प्रसिद्ध प्रेमको सन्दर्भमा छनोट गरिएको हो ।' जोनसन दम्पतीले छोराको नाम फ्र्याङ्क अल्फ्रेड ओडिसियस जोन्सन राखेका छन् ।
क्यारीले युनिभर्सिटी कलेज लन्डन अस्पतालका स्वास्थ्य सेवा टोलीलाई धन्यवाद पनि दिएकी छन् । अस्पतालका कर्मचारीको प्रशंसा गर्दै उनले यी व्यक्तिहरूले साँच्चै अद्भुत हेरचाह गरेको बताइन् ।
पूर्वप्रधानमन्त्री जोन्सन र केरीले मे २०२१ मा विवाह गरेका थिए । उनीहरूको पहिलो छोरा विल्फको जन्म अप्रिल २०२० मा भएको थियो । छोरी रोमीको जन्म सन् २०२१ को डिसेम्बरमा भएको थियो, जब जोनसन बेलायतका प्रधानमन्त्री थिए ।
स्मरण रहाेस, ५९ वर्षीय जोनसनले संसदमा झूट बोलेको कुरा सांसदहरूले थाहा पाएपछि गत महिना टोरी सांसद पदबाट राजीनामा दिएका थिए । उनले तीन पटक विवाह गरिसकेका छन् ।
वकिल मारिना व्हीलरसँगको दोस्रो विवाहबाट उनका चार सन्तान छन् ।
टिप्पणीहरू