आयकरको तेस्रो किस्ताबापतको रकम दाखिला गर्न विभागको ताकेता

आयकरको तेस्रो किस्ताबापतको रकम दाखिला गर्न विभागको ताकेता

आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । 

विभागले आज सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०७९-८० को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो । 

आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९-८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असार महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सोअनुसार म्यादभित्र दाखिला गर्न विभागले सूचनामा उल्लेख गरेको छ ।
 

टिप्पणीहरू