सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिष्ट पार्टीद्वारा दु:ख व्यक्त, प्रचण्डको दृढशक्तिको कामना

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिष्ट पार्टीद्वारा दु:ख व्यक्त, प्रचण्डको दृढशक्तिको कामना

चिनियाँ कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । 

पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले शोक वक्तव्य जारी गर्दै नेपालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । साथै उनले शोकसन्तप्त परिवारलाई समवेदना पनि दिएका छन् । 

शोकको यस घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री प्रचण्डको दृढशक्तिको कामनासमेत चिनियाँ कम्युनिष्ट पार्टीले गरेको छ ।

जटिल प्रकारको रोगबाट लामो समय थलिएकी सीता दाहालको उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा हिजो बिहान निधन भएको थियो ।
 

टिप्पणीहरू