जहाज खरिद मेरो निजी स्वार्थ होइन : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकले नयाँ जहाज खरिद गर्नेपर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले जहाज खरिदलाई राष्ट्रिय आवश्यकतासँग जोड्दै त्यसमा निजी स्वार्थ नगाँसिएको उल्लेख गर्नुभएको हो ।
आज राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले दुर्गम क्षेत्रमा बनेका विमानस्थलमा उडान नहुँदा विमानस्थलको औचित्य नदेखिएकाले पनि जहाज किन्नैपर्ने अवस्था आएको दाबी गर्नुभयो । ‘दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र आकर्षित नभएको हो । त्यसैले नेपाल वायुसेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ,’ उहाँको भनाई छ ।
खरिद प्रक्रियाबारे निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने मन्त्री किरातीले उल्लेख गर्दै भन्नुभयो, ‘मैले नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढङ्गले प्रक्रिया अघि बढाउन निर्देशन दिएको छु ।’
टिप्पणीहरू