‘र’ ले ल्यायो २ नयाँ जासुस

‘र’ ले ल्यायो २ नयाँ जासुस

भारतीय गुप्तचर संस्था ‘र’ को नेपालस्थित कार्यालयमा दुई जना अधिकारी थप भएका छन् । लामो समयदेखि भारतीय इन्टेलिजेन्स विभागको यहाँस्थित कार्यालयमा एउटा दरबन्दी खाली थियो ।

अघिल्लो महिना नेपाल आएर भर्खरै ‘र’ प्रमुखमा नियुक्ति पाएका रवि सिन्हाले नेपालस्थित डेस्कको रिक्त पदमा दार्जिलिङका एक नेपालीभाषी पुरुष र एक महिलालाई नियुक्त गरेका छन् । अहिले नेपालमा ‘र’को १७ सदस्यीय टोली सक्रिय छ ।

यसक्रममा भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीनिकट विजय जोलीले असार ३ गतेदेखि ७ गतेसम्म पाँच दिन नेपाल बस्दा अर्थमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका थिए । उनले अमेरिकी दूतावासका कर्मचारीसँग होटल याक एण्ड यतीमा भेटेको स्रोतले जनाएको छ । त्यस्तै भाजपा नेता तथा उत्तराखण्ड प्रदेशका पूर्वमुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतसहित १४ सदस्यीय टोली असार ७ गतेदेखि नेपाल भ्रमणमा थियो ।

सो क्रममा उनले प्रधानमन्त्री, उपराष्ट्रपतिलगायत उच्चस्तरीय भेटघाट गरेको बताइन्छ । काठमाडौंको भेटघाट सिध्याई उक्त टोली पोखरा पुगेको थियो । यसपछि असार १० गतेदेखि पूर्व रक्षासचिव अजयकुमार परिवारसहित चार दिने नेपाल भ्रमणमा थिए । 

टिप्पणीहरू