ललितपुरमा आजदेखि गाडीले सडकको धुलो पखाल्ने
ललितपुर महनगरले सडकको धुलो पखाल्न गाडी खरिद गरेको छ । महानगरले वहुपयोगी दुई वटा ‘रोड वासर कम स्प्रिङ्कल’ प्रयोगमा ल्याएको जानकारी दिएको छ ।
ती गाडीको पानीको फोहोराले सडकको धुलो पखाल्ने, किनारामा रोपिएका बिरुवामा पानी हाल्ने र हिउँदमा धुलोले ढाक्ने बोट बिरुवा पखाल्न यसको प्रयोग हुने बताइएको छ । त्यसैगरी आगलागीमा पनि आगो निभाउन यसको प्रयोग गर्न सकिने मेयर चिरीबाबु महर्जनले बताए ।
ललितपुर महानगरले ती गाडी एक करोड २२ लाख ८५ हजारमा किनेको हो ।
टिप्पणीहरू