मेडिकल काउन्सिलको अनलाइन सेवा अझै बन्द
नेपाल मेडिकल काउन्सिलको अनलाइन सेवा थप दुई दिनका लागि बन्द भएको छ । काउन्सिलको सर्भर स्थानान्तरण तथा अद्यावधिक कार्य भइरहेकाले थप दुई दिनका लागि सबै प्रकारका अनलाइन सेवा बन्द हुने काउन्सिलले जनाएको छ ।
काउन्सिलले आज र भोलि प्रदान गरिने सबै प्रकारका अनलाइन सेवा बन्द हुने जानकारी दिएको छ । साथै, यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी समेत गरेको छ ।
‘नेपाल मेडिकल काउन्सिलको सर्भर स्थानान्तरण तथा अद्यावधिक कार्य निरन्तर भइरहेको हुँदा थप दुई दिन (२०८० साउन १ र २) को लागि यस काउन्सिलबाट प्रदान गरिने सबै प्रकारका अनलाइन सेवाहरु बन्द हुने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ आज प्रकाशित सूचनामा भनिएको छ ।
टिप्पणीहरू