किन मङ्गोलिया पुग्यो भारतीय सैनिक विमान ?

किन मङ्गोलिया पुग्यो भारतीय सैनिक विमान ?

मंगोलियामा भारत र त्यहाँको सेनाको संयुक्त अभ्यास शुरु भएको छ । द्विपक्षीय संयुक्त सैन्य अभ्यासको १५ औं संस्करणलाई नोमाडिक एलिफेन्ट २३ नाम दिइएको छ । अभ्यासको मुख्य उद्देश्य आतंकवादसँग मुकाबिला गर्ने रहेको बताइएको छ । 

आजदेखि दुई सातासम्म हुने अभ्यासमा मंगोलियन सशस्त्र फौजको युनिट ८४ र भारतीय सेनाको जम्मु काश्मिर लाइट इन्फेन्ट्रीका ४३ जना सहभागी छन् । ती सैनिक सबै भारतीय वायुसेनाको सी १७ विमानमा उलानबाटोर पुगेका हुन् ।

भारतीय रक्षा मन्त्रालयले सैन्य अभ्यासको उद्देश्य दुई मुलुकबीच सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउने,विभिन्न अनुभव आदानप्रदान गर्ने रहेको जनाएको छ । प्रतिआतंकवादसम्बन्धी रणनीति र कौशलबारे विशेष आदान प्रदान गरिने उल्लेख  छ ।

यस्तै खालको सैन्य अभ्यास यसअघि भारतमा भएको थियो । सन् २०१९ को अक्टोबरमा हिमाञ्चल प्रदेशको बाख्लोस्थित विशेष लडाकू तालिम विद्यालयमा दुवै मुलुकका सैनिकले अनुभव आदान प्रदान गरेका थिए ।

टिप्पणीहरू