काँग्रेसमा विभाग थप्न गगन थापाको प्रस्ताव
आजदेखि शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभागको संख्या थप्ने प्रस्ताव पेश भएको छ । महामन्त्री गगन थापाले २२ वटा नयाँ विभाग थप्ने प्रस्ताव गरेका हुन् ।
काँग्रेसमा अहिले ४८ वटा विभाग छन् । जसमा फरक–फरक कार्यक्षेत्रका विषयसमेत जोडिएकाले छुटै विभाग बनाउनुपर्ने प्रस्ताव गरिएको हो । महामन्त्री थापाले आगामी भदौ १५ गतेसम्म विभागहरू बनाइसक्नुपर्ने र मसान्तभित्र कार्यसमितिमा प्रस्तुत गर्ने बताए ।
विभागले गरेका कामको वार्षिक प्रगति विवरण प्रत्येक महिनामा पेश गर्नुपर्ने र केन्द्रीय कार्यसमितिले त्यसको अनुगमन गर्ने महामन्त्रीको प्रस्तावमा उल्लेख छ ।
टिप्पणीहरू