राजधानीका भित्तामा पोस्टर टाँस्नेलाई ५० हजार रुपैयाँ जरिवाना
काठमाडौं महानगरपालिकाले भित्तामा पोस्टर टाँस्नेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । आफ्नो कार्यक्षेत्रभित्र जथाभावी चलचित्रको पोस्टर टाँस्नेलाई महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको बताइएको छ ।
फिल्मको पोस्टर टाँसेर दृष्य प्रदूषण गराएको आरोपमा नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले राजधानीका भित्तामा पोस्टर टाँस्न निषेध गरेको छ । यस विपरीत पोस्टर टाँसेमा अरुलाई पनि जरिवाना तिराइने महानगरपालिकाको चेतावनी छ ।
टिप्पणीहरू