‘ग्रे लिस्ट’ को कुरो गरेर गभर्नर अधिकारी क्यानडाबाट फिर्ता

‘ग्रे लिस्ट’ को कुरो गरेर गभर्नर अधिकारी क्यानडाबाट फिर्ता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी क्यानडाबाट स्वदेश फर्कनुभएको छ । उहाँ सम्पत्ति शुद्धिकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एएफटीएफ) को २३ औं वार्षिक साधारणसभामा भाग लिएर बिहान काठमाडौं आइपुग्नुभएको हो । 

शनिबार त्यसतर्फ जानुभएका गभर्नर बिहान साढे ७ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४८ मा दोहा हुँदै आउनुभएको हो ।

नेपालबाट उक्त सभामा ३० जनाको टोली क्यानडा गएको थियो । जसमा नेपाल सरकारका सचिवहरु, बैंकका अन्य कर्मचारी, प्रहरी, धितोपत्र बोर्डलगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

टिप्पणीहरू