घरमा सुतिरहेकी महिला स्थानीय युवकद्वारा बलात्कृत

घरमा सुतिरहेकी महिला स्थानीय युवकद्वारा बलात्कृत

उदयपुरमा घरमा सुतिरहेकी एक महिला बालत्कारको शिकार भएकी छन् । 

आफ्नै घरमा सुतिरहेका बेला ५५ वर्षीया ती महिलालाई स्थानीय पुरुषले बलात्कार गरेका हुन् । यस घटनामा प्रहरीले त्रियुगा नगरपालिका वडा नम्बर ६ गडमेका ३५ वर्षीय जीवन कार्कीलाई पक्रेको छ । 

कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा करणी गरेको जाहेरीका आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीले उक्त घटनाको सम्बन्धमा थप जाँचबुझ गरिरहेको छ ।
 

टिप्पणीहरू