छात्रवृत्तिको प्रलोभनमा नेपाली विद्यार्थी ठग्दै हिँड्ने भारतीय पक्राउ

छात्रवृत्तिको प्रलोभनमा नेपाली विद्यार्थी ठग्दै हिँड्ने भारतीय पक्राउ

वीरगन्ज महानगरपालिकाले दिने छात्रवृत्ति मिलाइदिने प्रलोभनमा पारेर ठगेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । 

मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक राहुलकुमार मोदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको महानगरपालिकाले जनाएको छ । उनले पैसा मागेको अडियो फेला परेपछि महानगरले पक्रेर प्रहरीको जिम्मा लगाएको हो ।

नगर प्रमुख राजेशमान सिंहले महानगरपालिका–६ स्थित मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक मोदीले विभिन्न विद्यालयमा अध्यनरत्त विद्यार्थीलाई छात्रवृत्ति उपलबध गराइदिने भन्दै रकम असुल गरेको प्रमाण फेला परेपछि समातेर प्रहरीलाई जिम्मा लगाएको जानकारी दिए । 

भारतीय नागरिक उनले सो ट्रेनिङ सेन्टर रौतहट गौरकी पूजा पटेलको नाममा दर्ता गरेको खुलेपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको टोलीले सिलबन्दी गरेको छ ।

टिप्पणीहरू