माओवादी छोडेर उपेन्द्रविरुद्ध चुनाव लडेका कुशवाहा पार्टीबाट निकालिए

माओवादी छोडेर उपेन्द्रविरुद्ध चुनाव लडेका कुशवाहा पार्टीबाट निकालिए

माओवादी केन्द्र परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेर बारा-२ बाट उपचुनाव लडेका शिवचन्द्र कुशवाहा कारवाहीमा परेका छन् । पार्टीविरोधी गतिविधि गरेको आरोपमा जनमतले उनलाई निष्कासनको कारवाही गरेको हो । 

जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले साधारण सदस्यसमेत नरहने गरि कुशवाहालाई अनुशासनको कारवाही गरेको बताए । कुशवाह पार्टीविरोधी गतिबिधि तथा नेतृत्वको विरोधम बिभिन्न क्रियाकलापमा संलग्न रहेको जनमतले तहहर गरेको छ । 

उपनिर्वाचनको संघारमा माओवादी छोडेर जनमतमा प्रवेश गरि जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपचुनाव लडेका थिए । यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई पनि वक वर्षका लागि जनमतले निलम्बन गरेको छ ।

टिप्पणीहरू