आइपुग्यो चिनियाँ सरकारी अधिकारीहरुको रेक्की टोली
छिमेकी मित्रराष्ट्र चीनबाट भोलि मध्यान्ह एक जना ठूला नेता काठमाडौं आइ पुग्दैछन् । कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका पार्टी प्रमुख एवम् सचिव युआन च्याच्युन भोलि कोलम्बोबाट मध्यान्ह आउन लागेका हुन् ।
युआन तीन दिने राजनीतिक भ्रमणमा आइपुग्नुअघि आज पाँच जना सरकारी अधिकारीहरु काठमाडौं ओर्लेका छन् । उनीहरु एअर चाइनाको उडान नम्बर सिए ४३७ मा छन्तुबाट बिहान पौने ११ बजे आइपुगेका हुन् ।
आज आएका चिनियाँ अधिकारीहरुमा सिङचियाङ लि,चिङचुन वाङ,चुन्सु लि, छिङयाङ पाई र छिउतिङ वेन छन् ।
टिप्पणीहरू