भाजपाको निम्तोमा माओवादी नेताहरु आज नयाँ दिल्लीतिर
माओवादी केन्द्रका झण्डै आधा दर्जन नेता आज भारतको राजधानी नयाँ दिल्ली जान लागेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा टोली भारत जान लागेको हो ।
माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा जान लागेको पाँच सदस्यीय प्रतिनिधिमण्डलमा सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्या पहाडी,केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई छन् ।
टोलीले छ दिनसम्म भारतका विभिन्न स्थानको भ्रमण गर्नेछ । त्यसैगरी भाजपाका नेताहरुसँग पनि औपचारिक कुराकानी हुने बताइएको छ ।
टिप्पणीहरू