सभामुखहरुको छलफल चन्द्रागिरिमा,पत्रकारलाई बानेश्वरमा निम्तो

सभामुखहरुको छलफल चन्द्रागिरिमा,पत्रकारलाई बानेश्वरमा निम्तो

संघ र प्रदेश दुवै तहका सभामुखहरुको अन्तरक्रियाका निष्कर्ष सुनाइने भएको छ । आज पत्रकार सम्मेलन गरेर संसद सचिवालयले राष्ट्रियसभाका अध्यक्ष,उपाध्यक्षसहित संघ र सातै प्रदेशका सभामुखहरुको अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक गर्न लागेको हो । 

शुक्रबारदेखि काठमाडौँको चन्द्रागिरि हिल्समा 'अनुभव आदानप्रदान' भन्दै दुवै तहका संसदमा नेतृत्व गर्ने सभामुखहरु एकै ठाउँमा जुटेका थिए । त्यसको निष्कर्ष आज संसद भवन,बानेश्वरमा सुनाउन लागिएको हो । 

संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे पत्रकार सम्मेलनको समय तोकिएको छ । सम्मेलनमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,उपसभामुख इन्दिरा राना,राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र सात वटै प्रदेशका सभामुख र उपसभामुखको उपस्थित रहने जनाइएको छ । 

संसद सचिवालयले ‘संघीय संसद र प्रदेशसभाको अनुभव आदान–प्रदानका लागि अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो ।

टिप्पणीहरू