रोम पुग्नुभएका प्रधानमन्त्रीसँग चिनियाँ पाहुनाको ‘भर्चुअल’ संवाद
नेपालको तीनदिने भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका प्रमुख एवम् सचिव युआन च्या च्युनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्नुभएको छ । आज इटालीको राजधानी रोम पुग्नुभएका प्रधानमन्त्री र चिनियाँ नेताबीच भर्चुअल माध्यममा कुराकानी भएको हो ।
आज अपरान्ह ४ बजे भएको वार्तामा दुई देशबीच कायम रहेको आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङका अति विश्वासपात्रमध्येका एक युआन श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौँ आइपुग्नुभएको हो । काठमाडौंमा पर्सिसम्म रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली सम्बन्धी शिखर सम्मेलनमा भाग लिन हिजो साँझ काठमाडौंबाट प्रस्थान गरेर आज रोम पुग्नुभएको हो ।
टिप्पणीहरू