एकीकृत समाजवादीले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने

एकीकृत समाजवादीले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक साउन २० र २१ हुने भएको छ । बैठकले पार्टीलाई समाजको तल्लो तहसम्म पुर्याउने सम्बन्धमा तयार पारिएको कार्ययोजना तथा रणनीतिलाई अन्तिम रुप दिने बताइएको छ । 

सोही बैठकले पार्टीको आगामी महाधिवेशनको मिति र स्थान तय गर्ने छ । केन्द्रीय कमिटीको बैठकअघि साउन १८ र १९ गते पोलिट्ब्यूरो बैठक बोलाइएको छ । पार्टीले अगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने संरचना र राजनीतिक सामर्थ्य विकास गरिने बताइएको छ ।

साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक राखिएको छ । त्यसअघि साउन १५ गते सचिवालय बैठक बस्दैछ ।

टिप्पणीहरू