चिनियाँ नेता र एमाले अध्यक्षबीच पार्टी मुख्यालयमा कुराकानी
नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय पाहुना टोली एमाले मुख्यालय, च्यासल ललितपुर पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल ब्यूरो सदस्य तथा चोङछिङ नगर कमिटीका प्रमुख एवम् सचिव युआन च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली १० बजे त्यहाँ पुगेको हो ।
टोली आज मध्यान्ह सिचुआन प्रान्तको छन्तु हुँदै स्वदेश फर्कने कार्यक्रम छ । त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटको निम्ति एमाले मुख्यालय पुगेको हो । अध्यक्ष ओली हिजो राति कम्बोडियाबाट सिंगापुर हुँदै स्वदेश फर्कनुभएको हो ।
टिप्पणीहरू