रवि लामिछानेका जिल्ला नेतामाथि पत्रकार अपहरण गरेको आरोप

रवि लामिछानेका जिल्ला नेतामाथि पत्रकार अपहरण गरेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथि सञ्चारकर्मी कुटपिट गरेको आरोप लागेको छ । 

होटल होलि डे इनका सञ्चालकसमेत रहेका खड्काले पत्रकार महासंघ बझाङ शाखाका साधारण सदस्य तथा सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एङ्गल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोप लागेको हो । 

आज विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्याानकर्षण भएको जनाएको छ । शाखाले स्वतन्त्र रुपमा सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै निन्दा गरेको छ । 

‘स्वतन्त्र रुपमा सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत वा विषयगत भए समाधान गर्ने प्रशस्त ठाउँ र कानूनी प्रक्रिया हुँदाहुदैँ गरेको प्रेस विरोधी कार्यको महासंघ भत्र्सना गर्दछ ।’

शाखाले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथाशिघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न समेत माग गरेको छ ।
 

टिप्पणीहरू