विश्वविद्यालयका प्रशासकलाई सातदिने पूर्जी, अन्यथा कारबाहीको चेतावनी

विश्वविद्यालयका प्रशासकलाई सातदिने पूर्जी, अन्यथा कारबाहीको चेतावनी

पोखरा विश्वविद्यालयमा सहायक प्रशासक (प्रशासन) पदमा कार्यरत यज्ञराज जोशीलाई सात दिने स्पष्टीकरण सोधिएको छ । 

शिक्षक कर्मचारीसम्बन्धी नियमावलीमा उल्लेखित आचरण विपरीतका कार्य गरेको भन्दै विश्वविद्यालयले जोशीसँग स्पष्टीकरण मागेको हो । उनलाई पोखरा विश्वविद्यालय शिक्षक कर्मचारीसम्बन्धी नियमावली २०५५ को ६५ ख को १ अनुसारको कारबाही किन नगर्ने ? व्यहोराको पत्र लेखिएको हो । 

‘शिक्षक कर्मचारीसम्बन्धी नियमावली २०५५ को ६५ ख को १ अनुसारको कारबाही तपाईँलाई किन नगर्ने ? सो सम्बन्धमा ६५ ख को १ अनुसारको कारबाही अगाडि बढाउन नियमावलीको दफा ६८ (१) अनुसार यस कार्यालयको च.न.८०६ मिति २०८०÷०१÷२९ गते स्पष्टीकरण पेश गर्नेसम्बन्धी पत्र बुझाउँदा तपाईंले नबुझेको तथा बुझ्न नमानेको हुँदा यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यो पत्र बुझि सात दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन जानकारी गराइन्छ,’ प्रकाशित सूचनामा भनिएको छ । 

अन्यथा, शिक्षा कर्मचारीसम्बन्धी नियम २०५५ अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

टिप्पणीहरू