नागरिक उन्मुक्तिले गर्यो सरकारमा सहभागी नहुने निर्णय

नागरिक उन्मुक्तिले गर्यो सरकारमा सहभागी नहुने निर्णय

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । सहमतिबमोजिम मन्त्रालयको भागबण्डा नगरिएको आरोप लगाउँदै सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

‘सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँछौं,’ अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।


संघीय मन्त्रीसमेत रहेकी रञ्जिताले पार्टीको निर्णय आजै मुख्यमन्त्रीलाई लिखित रुपमा बुझाएकी हुन् ।

टिप्पणीहरू