अनलाइन पत्रिकाको सूचीकरणका लागि प्रस्ताव दर्ता गर्ने समय थप
नेपाल टेलिकमले अनलाइन पत्रिकाको सूचीकरणका लागि प्रस्ताव दर्ता गर्ने समय थप गरेको छ ।
यसअघि गत असार २८ गते प्रकाशित सूचनामा अनलाइन पत्रिकाको सूचीकरणका लागि प्रस्ताव दर्ता गर्न पन्ध्र दिनको समयावधि तोकिएकोमा सो अवधि एक हप्ता थप गरिएको टेलिकमले जानकारी दिएको हो । टेलिकमका अनुसार आगामी साउन १८ गतेसम्म प्रस्ताव दर्ता गर्न सकिनेछ ।
सूचनामा भनिएको छ, ‘यस कम्पनीले आर्थिक वर्ष २०८०-८१ मा विज्ञापन प्रकाशन गर्ने प्रयोजनका लागि अनलाइन पत्रिकाहरुलाई सूचीकरण प्रस्ताव दर्ता गर्न यसअघि मिति २०८०-०३-२८ मा गोरखापत्रमा प्रकाशित सूचनामा १५ दिनको समयावधि तोकिएको सो अवधि एक हप्ता (मिति २०८०-०४-१८ गतेसम्म) थप गरिएको जानकारी गराइन्छ ।’
टिप्पणीहरू