त्रिभुवन विमानस्थलको कम्प्युटर सिष्टम डाउन, अध्यागमनमा यात्रुको भीड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि इन्टरनेट सेवा अवरुद्ध भएको छ । दिउँसो सवा ३ बजेदेखि भएको सिस्टम डाउनले अध्यागमन डेस्क ठप्प भएको बताइएको छ ।
अध्यागमनमा कम्प्युटर नचलेपछि यात्रुहरुको भीड लागेको छ । साढे ४ बजेको इण्डिगो, ५ बजेको भिस्तारा र ६ बजे कतार एअरवेजबाट भारत र दोहा जान लागेको यात्रुहरुको अध्यागमनको प्रस्थान कक्षमा भीड भएको हो ।
तीन वटा उडानका कम्तीमा ४ सय यात्रुको अध्यागमन प्रक्रिया अवरुद्ध भएको विमानस्थल कार्यालय स्रोतले बताएको छ । त्यसैगरी यसबीचमा मुम्बईबाट आएको एउटा र नयाँ दिल्लीबाट आएको दुई वटा उडानका कम्तीमा साढे ४ सय जना यात्रु अध्यागमनको आगमन कक्षमा थुप्रिएका छन् ।
टिप्पणीहरू