पाटनमा प्रज्ञापारमिताको जीर्णोद्धार धमाधम (फोटो फिचर)

पाटनमा प्रज्ञापारमिताको जीर्णोद्धार धमाधम (फोटो फिचर)

ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता ( बुद्ध धर्मग्रन्थ ) को जीर्णद्धार तथा पूनर्लेखन कार्य भइरहेको छ । हरेक तीन वर्षमा पर्ने मलमास वा पुरुषोत्तम महिनाको अवधिभर उक्त वाचन हुने गर्छ । 

बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तीका सिद्धान्तहरु र भगवान बुद्धसँग सम्बन्धित विभिन्न प्रसंगहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताए । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरि प्रज्ञापारमिताको जीर्णोद्धारकार्य भइरहेको हो ।

तीन सय पृष्ठ र आठ हजार श्लोक रहेको प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भनिन्छ । खाना खाएपछि लेख्न नहुने भएकाले दिनहुँ बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म लेखन कार्य हुने गरेको छ । उक्त कार्यमा हेमरत्न बज्राचार्यसँगै सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता रहेको बताइन्छ ।

टिप्पणीहरू