एमाले अध्यक्ष फेरि बालुवाटारमा

एमाले अध्यक्ष फेरि बालुवाटारमा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

उहाँहरुबीच हिजो पनि भेटवार्ता भएको थियो । अध्यक्ष ओली समसामयिक राजनीतिक विषयमा छलफल गर्न बालुवाटार जानुभएको बताइएको छ । 

आजको भेटमा विशेषगरी संवैधानिक परिषद् बैठक र अवरुद्ध संसद बैठकबारे कुराकानी भएको बुझिएको छ । हिजोको बैठकमा कोशी प्रदेश सरकार गठन र संवैधानिक परिषद्को बैठकबारे छलफल भएको थियो ।

यता संवैधानिक परिषद् बैठक भोलि दिउँसो बोलाउने तयारी गरिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी शनिबारदेखि उमेर हदका कारण अवकाशमा जाँदै हुनुहुन्छ ।

टिप्पणीहरू