जनमतका दुई मन्त्रीले दिए राजीनामा

जनमतका दुई मन्त्रीले दिए राजीनामा

मधेस प्रदेश सरकारमा रहेका जनमत पार्टीका एक जना मन्त्री र अर्का राज्यमन्त्रीले राजीनामा दिएका छन् । विना विभागीयमन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन् । 

उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाइसकेका छन् । दुवै जनाले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएको बताइएको छ । 

मन्त्री कुशवाहा गत जेठ ९ गतेदेखि विना विभागीय मन्त्रीको हैसियतमा थिए । उनले सम्हालेको मन्त्रालय एकीकृत समाजवादीलाई दिएपछि उनी मन्त्रालयको जिम्मेवारीमा थिएनन् ।

अब जनमतले चन्दन सिंह र रञ्जु खंगलाई मन्त्री बनाउने तयारी थालेको बताइन्छ

टिप्पणीहरू