उपराष्ट्रपतिलाई ११० फिटको झण्डा फहराएपछि झल्लरी छाता ओढाइयो
महोत्तरीमा ११० फिटको राष्ट्रिय झण्डा फहराइएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी नगरपालिका ७, मटिहानीस्थित तस्मैया बाबा पार्कमा राखिएको राष्ट्रिय झण्डाको आज औपचारिक उद्घाटन गर्नुभएको हो ।
त्यसअघि उहाँले स्थानीय लक्ष्मीनारायण मठमा पूजाआजा गर्नुभएको थियो । बिहान ८ बजेको उडानमा काठमाडौंबाट जनकपुर हुँदै महोत्तरी पुग्नुभएका उपराष्ट्रपतिलाई नागरिक अभिनन्दनसमेत गरिएको छ ।
उपराष्ट्रपति यादव नागरिक अभिनन्दनमा सहभागी हुँदा परम्परागत झल्लरी छाता ओढाइएको थियो । उहाँले राजकीय संस्कृत माविको निरीक्षण गर्नुभएको नगरपालिकाले जनाएको छ ।
उपराष्ट्रपति आजै दिउँसो काठमाडौं फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू