संगठन भद्दा भयो भनेको माओवादीले केन्द्रीय सदस्य अझै थप्ने

संगठन भद्दा भयो भनेको माओवादीले केन्द्रीय सदस्य अझै थप्ने

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । आजदेखि शुरु हुने केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्य थप्ने माओवादीले तयारी गरेको हो ।  

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ पुर्याउने निर्णय गरेको छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । 

विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा लैजाने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि शुरु हुँदैछ । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न यसअघि बसेका पदाधिकारी बैठकमा भने संगठन चुस्त बनाउने बारे छलफल भएको थियो । त्यसका लागि अहिलेको भद्दा केन्द्रीय समितिलाई सानो बनाउने नेताहरुको प्रस्ताव थियो ।

टिप्पणीहरू