राप्रपाको केन्द्रीय नेता बन्न चाहनेलाई आवेदन खुल्ला
राष्ट्रिय प्रजातन्त्र पार्टीले २० केन्द्रीय सदस्य पदका लागि खुला आवेदन माग गरेको छ । ४० वर्षमुनिका युवालाई नेतृत्व तहमा लैजाने भन्दै राप्रपाले उक्त आवेदन मागेको बताइएको छ ।
‘नवीन राप्रपा’ अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन खोजिएको हो । खुल्ला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्न चाहनेले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना भदौ पहिलो हप्तासम्म राप्रपा कार्यालयमा पठाइसक्न आह्वान गरिएको छ ।
त्यसरी छानिनेमध्ये ५० प्रतिशत महिला हुनेछन् । सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान र प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई छनौट गरिने राप्रपाले जनाएको छ ।
टिप्पणीहरू