सहकारी पीडितहरु र प्रहरीबीच सडकमा घम्साघम्सी (फोटो फिचर)

सहकारी पीडितहरु र प्रहरीबीच सडकमा घम्साघम्सी (फोटो फिचर)
सुन्नुहोस्

राजधानीको माइतीघरमा आन्दोलनरत सहकारी पीडितहरु र प्रहरीबीच घम्साघम्सी भएको छ । माइतीघरबाट नयाँ बानेश्वरतर्फ नारा लगाउँदै गएका पीडितहरुलाई प्रहरीले रोक्ने क्रममा बिजुलीबजारमा तनाव भएको हो ।

आफूहरु पुल पार गरेर नयाँ बानेश्वरतर्फ जान लाग्दा प्रहरीले बल प्रयोग गरेको पीडितहरुको भनाई छ । केही प्रदर्शनकारीले पुलको बीच भागमा बसेर सवारी आवागमन अवरुद्ध पारेको बताइन्छ । 

उनीहरुलाई हटाएर सडक खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच घम्साघम्सी भएको हो ।

टिप्पणीहरू