पानीको घैला बोकेर पार्टी कार्यालय छेउबाट निस्किए सिके राउत
मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँमा र्याली निकालेको छ ।
बुद्धनगरस्थित पार्टीको कार्यालयअगाडि क्वालिटी बैन्केटबाट 'मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गरौं' लेखिएको ब्यानरसहित र्याली निकालिएको हो । राउतकाे नेतृत्वमा निकालिएको र्यालीमा उपाध्यक्ष अब्दुल खान, अनिता देवी शाह, सञ्जय यादवलगायत ७०/८० जना सहभागी थिए ।
पानीको घैला र ब्यानर लिएर साँझ पाँच बजे बुद्धनगरबाट निस्केको र्याली बिजुली बजार पुल हुँदै माइतीघर मण्डला पुगेर कोणसभामा परिणत भएको छ ।
मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नुपर्ने, वीरगंजसहित सुख्खा क्षेत्रका जनतालाई घर-घरमा खानेपानीको व्यवस्था मिलाइनुपर्ने, सुकेको बालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सिंचाईको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नुपर्ने जस्ता माग राख्दै आएको जनमतले सरकारलाई दबाब दिन र्याली निकालेको हो ।
टिप्पणीहरू