'जनतासँग माओवादी' अभियान भदौ १६ बाट, यौटै घर नछोड्ने

'जनतासँग माओवादी' अभियान भदौ १६ बाट, यौटै घर नछोड्ने

सत्तारुढ नेकपा माओवादी केन्द्रले संगठन बिस्तारका लागि तीनमहिने विशेष अभियान संचालन गर्ने भएको छ । 

आज सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले 'जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान' सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी भदौ १६ गते देशभरका ६ हजार ७४३ वडाबाट अभियानको एकैसाथ उद्दघाटन गरिने जनाइएको छ । 

अभियानका क्रममा देशभरका प्रत्येक घरहरूमा पुगेर जनताको गुनासा र सुझाव संकलन गर्ने माओवादीको तयारी छ । 

अभियानलाई लक्षित गरेर माओवादीले प्रदेश इञ्चार्जहरु पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशमा चक्रपाणी खनाल, मधेशमा लिलामणी पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य इञ्चार्ज तोकिएका छन् ।

बैठक समापनअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसमेत सातवटा प्रदेशको ७ वटा वडामा पुग्ने बताउनुभएको थियो । सोक्रममा प्रचण्डले माओवादी समर्थकमात्र नभई प्रत्येक जनताको घरमा पुग्ने उद्धघोश गर्नुभयो ।

टिप्पणीहरू