मुस्लिम आयोगका अध्यक्ष नयाँ दिल्लीमा, सदस्य भैरहवामा

मुस्लिम आयोगका अध्यक्ष नयाँ दिल्लीमा, सदस्य भैरहवामा

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भारत पुगेका छन् ।  सँधै काठमाडौं–दुबई आउजाउ गरिरहने उनी आज अपरान्ह ४ बजे काठमाडौंबाट नयाँ दिल्ली गएका हुन् ।

अन्सारी एअर इण्डियाको उडान नम्बर एआई २१६ मा त्यता गएका हुन् । उनी पछिल्लो पटक गत मंगलबार दुई उडेका थिए । त्यताबाट आएपछि आज नयाँ दिल्ली पुगेका हुन् । 

आजै आयोगका सदस्य मिर्जा अरसद बेग भैरहवा पुगेका छन् । उनी बुद्ध एअरको उडानमा साँझ साढे ५ बजे काठमाडौंबाट त्यहाँ गएको बताइन्छ ।
 

टिप्पणीहरू