उच्चस्तरीय समिति गठन गरिए प्रधानमन्त्रीलाई छानबिनमा तान्नुपर्ने हुन्छ : वामदेव गौतम
नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश गर्ने क्रममा एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि आजको बैठक स्थगित भएको हो ।
एमालेका सासदहरुले विरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले पर्सिसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।
त्यसअघि बैठकको सुरुमा एमाले सांसद कुमार दसौदीले एक क्विन्टल सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका थिए । उच्चस्तरीय छानबिन समिति बनाउन उनले गरेको मागमा एमाले सांसद विमला पौड्याल राईले समर्थन गरेकी थिइन् ।
तर, सदस्य वामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन गरिए अहिलेको छानबिन नै ओझेलमा पर्ने दाबी गरेका छन् । उनले भने, ‘उच्चस्तरीय समिति गठन गरिए प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्छ र छानबिन नै ओझेलमा पर्छ ।’
टिप्पणीहरू