उपराष्ट्रपतिको पहिलो विदेश यात्रा चीनबाट शुरु हुँदै,राष्ट्रियसभा अध्यक्षको पाकिस्तान जाने तयारी
उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन भ्रमणमा जानुहुने भएको छ । युन्नान प्रान्तको राजधानी खुनमिङमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुन लागेको सातौं ‘चाइना–साउथ एशिया एक्सपो’ मा सहभागी हुन उपराष्ट्रपति यादव त्यता जान लाग्नुभएको हो । उहाँको पहिलो विदेश भ्रमण चीनबाट शुरु हुन लागेको हो ।
यता,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पाकिस्तान भ्रमणमा जान लाग्नु भएको छ । उहाँ पाकिस्तानी सिनेटका अध्यक्ष तथा उपराष्ट्रपति फासिहुल कारिम सिद्धिकीको निमन्त्रणमा आगामी भदौ दोस्रोदेखि अन्तिम सातासम्म पाकिस्तान जाने गृहकार्य प्रारम्भ गरिएको बताइएको छ ।
टिप्पणीहरू