नेपाली सेनाको ७ अर्ब रुपैयाँ ब्याज आम्दानी

नेपाली सेनाको ७ अर्ब रुपैयाँ ब्याज आम्दानी

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । त्यसमध्ये ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैंकमा मुद्दतीमा लगानी गरिएको छ । उक्त लगानीबाट न्यूनतम ७ अर्ब रुपैयाँ वार्षिक आम्दानी हुने गरेको बताइन्छ ।

रक्षा मन्त्रालयले गरेको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा गराइएको जानकारी अनुसार नेपाली सेनाले शान्ति स्थापनाको क्रममा संयुक्त राष्ट्र संघको शान्ति सेनामा सहभागी भएपछि २०३२ सालमा प्राप्त एक करोड २४ लाखबाट कोष स्थानपना गरेको थियो । बाँकी छ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोषले विभिन्न निकायमा लगानी गरेको देखाइएको छ । 

कोषको आयस्रोत ब्याजको अलावा शान्ति सेनामा सहभागी भएपछि प्राप्त हुने रकम, बैंकहरुमा राखिएको मुद्दती निक्षेपबाट प्राप्त ब्याज र सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयहरुबाट प्राप्त हुने शुल्क रहेको विवरणमा उल्लेख छ । बैंकहरूमा कम्तीमा १० प्रतिशत ब्याजदरमा लगानी गर्दा ७ अर्ब रकम प्राप्त हुने गर्दछ ।

टिप्पणीहरू