प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक फेरि स्थगित

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक फेरि स्थगित
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको  बैठक स्थगित भएको छ । आज बिहान ११ बसेको राष्ट्रिय सभा बैठक र १ बजे बसेको प्रतिनिधि सभाको बैठक क्रमशः आगामी बुधबार र सोमबारसम्म स्थगित भएको जानकारी गराइएको छ ।

दुवै सदनको बैठकमा कार्यसूची अगाडि बढाउन खोज्दा एमाले सांसदहरुले अवरोध पुर्याएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक सोमबार दिउँसो १ बजे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बताउनुभएको हो ।

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा विपक्षी दलका सांसदहरुले बोल्न खोज्दा सत्ता पक्षका सांसदहरुले पनि उठेर बिरोध जनाएका थिए । एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । 

आज बिहान सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेर संसदमा देखिएको अवरोध खुलाउने पहलका लागि अनुरोध गर्नुभएको थियो ।

टिप्पणीहरू