प्रधानमन्त्री भेट्न पूर्व प्रधानमन्त्री सिंहदरबारमा

प्रधानमन्त्री भेट्न पूर्व प्रधानमन्त्री सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो । 

प्रधानमन्त्री भेट्न नेता खनाल दिउँसो ३ बजे सिंहदरबार पुग्नुभएको थियो । सिंहदरबारमा उहाँहरु दुई जनाबीच भेट भएको हो ।

पार्टी अध्यक्ष माधव नेपाल यतिखेर युरोपका विभिन्न मुलुकको भ्रमणमा हुनुहुन्छ । उहाँ आगामी भदौ १ गते स्वदेश फर्कने भ्रमण तालिका छ । उहाँको अनुपस्थितिमा उपाध्यक्ष डा. बेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू