बाढी पहिरोको उद्धारमा नेपाली सेना (फोटो फिचर)

बाढी पहिरोको उद्धारमा नेपाली सेना (फोटो फिचर)
सुन्नुहोस्

अविरल वर्षाका कारण धेरैजसो ठाउँमा बाढी र पहिरोको जोखिम बढेको छ । बाढी र पहिरोले ती इलाकामा जनजीवन प्रभावित भएको छ ।

विभिन्न सुरक्षा निकाय, स्थानीय बासिन्दा, सामाजिक संघ संस्थाहरु खोज तथा उद्धार कार्यमा संलग्न भएका छन् । सो कार्यमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । 

मुलुकका विभिन्न भागमा परिचालित फौजले हिजो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागवेनी बजार र रौतहटको राजदेवी नगरपालिका–९, ब्रम्हपुरी इलाकामा उद्धार कार्य गरेको सेनाले जनाएको छ ।

मुस्ताङमा काग खोलामा आएको बाढीको कारण बजार इलाका जलमग्न भएको छ । बाढीले २५ भन्दा बढी घरमा क्षति पुगेको छ । कागबेनीबाट लोमान्थाङ जाने पक्की पुल र काठे पुल समेत बगाएको छ । सेनाले स्थानीयबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उद्धार गरेको हो ।


उता रौतहटको राजदेवी नगरपालिका–९, ब्रम्हपुरी इलाकामा बागमती नदीको तटबन्ध भत्किएपछि सेनाको टोलीले ग्याबिन जाली तथा बालुवा भरिएको बोरा राखेर बाँध चुहावटलाई रोकथामा गरेको थियो ।

टिप्पणीहरू