बलिदान दिन तयार कमरेड बाल बाल बचे

बलिदान दिन तयार कमरेड बाल बाल बचे

नेकपा एमाले प्रतिपक्षमा छ । संघीय सदनमा प्रतिपक्षमा रहेको उसले यसरी कार्यकर्तालाई उमालेको छ कि स्थानीय निकायमा समेत आन्दोलित हुने र अवरोधकै शैली अपनाउने । यस्तै ललितपुरको महाँकाल गाउँपालिकामा पनि नेपाली काँग्रेस नेतृत्वको स्थानीय सरकारले ल्याएको करको दरका विरुद्ध आन्दोलित भएको नेकपा एमालेले गएको शुक्रबार किसान आन्दोलनको नाममा आफ्नो भातृ संस्थाहरुका झण्डा र व्यानर प्रदर्शन गरेर आन्दोलन गर्न भ्यायो । 

आन्दोलनको विषयभन्दा पनि शैली अचम्मको भयो । शुरुमै महाँकाल गाउँपालिका कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाइँ र किसान महासंघका जिल्ला अध्यक्ष चित्रराज तिमल्सिनाले यो आन्दोलनमा बलिदान दिन पनि तयार भएर किसानहरु आएका छन् भनी संवोधन गरेका थिए ।

आन्दोलन चर्कँदै जाँदा गाउँपालिकाले हुलहुज्जतबाट जोगाउन कार्यालय परिसरको मूल गेट बन्द गराएपछि गेट नाघेर जाने क्रममा कालेश्वरका दूध व्यवसायी दिपक लामीछाने गेटमाथि चढेर भित्र हाम्फाल्ने क्रममा जुत्ता अड्किनाले गम्भिर दुर्घटना हुन पाएन । जुत्ता बलियो भएकै कारण उँधोमुण्टो भएको अवस्थामै केही आन्दोलनकारीले समातेर ज्यान जोगाए । जुत्ता कमजोर भएको अवस्था भए आन्दोलनकारीको टाउको नै ढलानमा पर्ने अवस्था देखिएको प्रत्यक्षदर्शीहरु बताउँछन् । सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल छ ।

महाँकाल गाउँपालिकामा दुग्धजन्य पदार्थ र कृषि उपज संकलन गर्ने निजी क्षेत्र अर्थात व्यवसायीहरुसँग कर संकलनको सहमति सम्बन्धित सरोकारवालाकै उपस्थितिमा भएको बुझिएको छ । 
 

टिप्पणीहरू