पेट्रोलको ५ रुपैयाँ, डिजेल र मट्टितेलमा १४ रुपैयाँ भाउ बढ्यो

पेट्रोलको ५ रुपैयाँ, डिजेल र मट्टितेलमा १४ रुपैयाँ भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज मध्यराति १२ बजेर १ मीनेटपछि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ बढ्ने जानकारी दिइएको छ । 

भारतबाट मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मध्यरातदेखि नयाँ भाउ कायम गरिएको निगमको दाबी छ ।

मुलुकका विभिन्न भागलाई तीन क्षेत्रमा वर्गीकरण गरेर नयाँ मूल्य कायम गरिएको छ । जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७८, मट्टितेल र डिजेल प्रतिलिटर १६७ तोकिएको हो । पहिलो वर्ग र दोस्रो वर्ग भनेर तोकिएका क्षेत्रमा १ रुपैयाँदेखि २ रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो हुनेछ ।

टिप्पणीहरू