चिनियाँ जनमुक्ति सेनाको टोली शिवपुरी पुग्यो

चिनियाँ जनमुक्ति सेनाको टोली शिवपुरी पुग्यो

नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोलीले नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको अवलोकन गरेको छ । टोलीले आज दिउँसो शिवपुरीस्थित सैनिक स्टाफ कलेजको अवलोकन भ्रमण गरेको हो । 

जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी युए आन्डेको नेतृत्वको ८ सदस्यीय टोली हिजो बिहान काठमाडौँ आइपुगेको हो । टोलीमा ह यान्सु, वाङ वेई, लिउ हाइयु, लिङ हुआ, लिउ हुई, सु को हुवा, वाङ चियासुन र लाई रुई छन् । 

 उनीहरुले हिजो दिउँसो हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका थिए । भ्रमणका क्रममा चिनियाँ जनमुक्ति सेनाको टोलीले नेपाली सेनाका उच्च अधिकारीलगायत सरकार र राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू