मुख्यमन्त्रीलाई धराप हालेर सिर्जना काठमाण्डौतिर

मुख्यमन्त्रीलाई धराप हालेर सिर्जना काठमाण्डौतिर

कोशीका मुख्यमन्त्री उध्दव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो १ बजे बोलाइएको छ तर बैठक बोलाउने उपसभामुख सिर्जना दनुवार भने वीचैमा विराटनगरबाट काठमाडौंतिर उडेकी छन् । 

सभामुखले राजीनामा दिएपछि दनुवारले सभा सञ्चालन गर्ने जिम्मा पाएकी थिइन् । सोही जिम्मेवारीअनुसार दिउँसो १ बजे बैठक बोलाएकी उनी स्वास्थ्यमा समस्या देखाउँदै काठमाडौं आएकी छन् । उनले हिजो साँझ ५ बजेपछि आफू बिरामी परेको जानकारी गराएको एमाले स्रोतले बताएको छ ।

उपसभामुखको अनुपस्थितिमा काँग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी दिइएको छ । सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेश सभा बैठक सञ्चालनका लागि मनोनयनमा परेका चार जना सदस्यमध्ये नेकपा एमालेकी मालतीकुमारी लिम्बू र राप्रपाका अम्मरबहादुर विष्टले आजको बैठकमा उपस्थित हुन नसक्ने सूचना दिइसकेका छन् ।

त्यसपछि गीता तिम्सिना माओवादी केन्द्रकी र इस्राइल मन्सुर नेपाली काँग्रेसका हुन् ।
 

टिप्पणीहरू