राप्रपा अध्यक्ष मध्यपूर्व प्रस्थान, सिके राउत नयाँ दिल्ली

राप्रपा अध्यक्ष मध्यपूर्व प्रस्थान, सिके राउत नयाँ दिल्ली
सुन्नुहोस्

राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन साउदी अरब र संयुक्त अरब इमिरेट्समा आयोजना गर्न लागिएको पार्टी कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । उनी तीन सदस्यीय टोलीका साथ कतार एअरवेजको उडान नम्बर क्युआर ६५३ मा बिहान साढे ११ बजे दोहा गएको बताइएको छ । 

राप्रपाका अनुसार पार्टी निकट प्रवासी नेपाली समाजले साउदी अरब र युएईमा अधिवेशन आयोजना गर्न लागेको छ । ती कार्यक्रममा लिंगदेन प्रमुख अतिथि हुनेछन् ।अधिवेशनपछि उनी प्रवासी नेपाली समुदायसँगको अन्तरक्रिया र विविध कार्यक्रममा सहभागी हुने बुझिएको छ ।

आजै राष्ट्रिय जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत भारत गएका छन् । उनी  इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५२ मा बिहान पौने ११ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

टिप्पणीहरू