एकीकृत समाजवादीका नेताहरु बैठकमा व्यस्त

एकीकृत समाजवादीका नेताहरु बैठकमा व्यस्त
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा हिजोदेखि केन्द्रीय समितिको बैठक प्रारम्भ भएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने कार्यक्रम छ । उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार हिजोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

प्रतिवेदनमा एमालेबाट गरिएको विद्रोहको औचित्य, अन्तर्राष्ट्रिय र भू–राजनीतिक परिस्थिति, नेपाली राजनीति र समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरिएको छ । त्यसैगरी पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे पनि उल्लेख छ ।

बैठक भोलिसम्म चल्ने छ । यहि बैठकले आगामी महाधिवेशनको मिति र स्थान तय गर्ने बताइएको छ ।

टिप्पणीहरू