प्रधानमन्त्रीको अमेरिका भ्रमण पक्का,टुहुरेलाई जनगायकको उपाधि

प्रधानमन्त्रीको अमेरिका भ्रमण पक्का,टुहुरेलाई जनगायकको उपाधि
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौको अन्तिम साता न्यूयोर्क भ्रमणमा जानुहुने भएको छ । आज बसेको क्याबिनेट बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान क्याबिनेट बैठकले प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यो निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान बाटो खुलेको छ । १६ तारिखमा अमेरिका जाने प्रधानमन्त्रीको २१ को राती उतै उतै चीन पुग्ने कार्यक्रम छ ।

सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभा हुँदैछ । 

आजको क्याबिनेट बैठकले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ । २०७८ भदौ १० गते ७८ वर्षको उमेरमा निधन भएका टुहुरे चर्चित जनवादी गायक हुन्।  उनले गायको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’  बोलको गीत निकै चर्चित छ । 

बास्तविक नाम जुठबहादुर खड्गी रहेका सुनसरीका टुहुरे माओवादी केन्द्रका तर्फबाट दोस्रो संविधानसभामा सांसदसमेत थिए ।

टिप्पणीहरू