पुल्चोकमा साँझ मसाल जुलुस, दिउँसो आमरण अनसन
पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले मसाल जुलुस र आमरण अनसन एकैसाथ थालेका छन् । चर्को शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियनको आह्वानमा हिजो साँझ साढे ६ बजे मसाल जुलुस निकालिएको थियो । उक्त जुलुसमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको बताइन्छ । उनीहरुले चिल्लो गाडी टल्काउने, विद्यार्थीको भविश्य सल्काउने, शुल्क होइन स्तरोन्नती गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सोही क्याम्पसको नेविसंघ इकाइले शुल्क वृद्धिको विरोधमा आमरण अनसन थालेको छ । संघले अस्तिदेखि पुल्चोकस्थित डिनको कार्यालयमा सभापति सुलभ चापागाईंलगायतले आमरण अनसन थालेका हुन् ।
टिप्पणीहरू