एमसीसीविरुद्ध विप्लव माओवादीको मसाल जुलुस

एमसीसीविरुद्ध विप्लव माओवादीको मसाल जुलुस

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले आज पनि राजधानीमा जुलुस प्रदर्शन  गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनविरुद्ध काठमाडौंको बागबजारमा साँझ मसाल जुलुस निकालिएको छ । 

क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको मसाल जुलुसमा उपाध्यक्ष नरेन्द्र विकलगायत दुई दर्जन बढीको सहभागिता रहेको बताइएको छ ।

प्रदर्शनकारीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी एउटा जाल हो, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी मुर्दावादलगायत चर्का नारा लगाएका थिए ।

टिप्पणीहरू